डोटीमा भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा, डडेल्धुरामा पनि ९५ जनालाई राखिँदै

Advertisement

काठमाडौँ । भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना बासिन्दालाई क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका पौने दुई सय ती मानिसलाई जिल्लाको बडीकेदार गाउँपालिका बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

भारतबाट स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीय बासिन्दालाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मङ्गलबार राति कैलालीबाट पहाडी जिल्लामा पठाइएको थियो ।

यसै सिलसिलामा डोटीमा पौने दुई सय जना भारतमा काम गरी फर्किएका छन् । भारतबाट फर्किएकाहरु तल्कोटमा रहेको क्वारेन्टाइनमा ७१ जना, बिपीनगरमा ५१ जना र राजपुरमा निर्माण भएको क्वारेन्टाइनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकाहरुलाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खानेबस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

डडेल्धुरामा ९५ जनालाई क्वारेन्टाइनमा राखिँदै
यता, डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नं। ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताए । रासस

Advertisement

Advertisement

Advertisement