संकटमा पनि यसरी गर्दैछ सरकारले काम (फोटो फिचर)

Advertisement

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारस्थित रक्षा मन्त्रालयको परिसरमा निर्मिति अस्थायी शिविरबाट कार्यसञ्चालन गर्न थालेका छन् ।

उनीमात्र होइन अरु मन्त्री र सातै प्रदेशका सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरु पनि कोरोना भाइरसको संक्रमण हुन नदिन खटिएका छन् । देशका विभिन्न स्थानमा भएका पहल/प्रयास सम्बन्धी यी १५ तस्वीर हेरौँः

[caption id="attachment_172536" align="alignnone" width="640"] कोरोना भाइरस (कोभिड–१९) संसर्ग भएका व्यक्तिहरु राख्नका लागि बागमती प्रदेश सरकारको सहयोगमा ८० जनाका लागि धादिङबेसीमा निर्माण गरेको क्वारेनटाइन । तस्वीरः सीताराम अधिकारी/रासस[/caption]

[caption id="attachment_172535" align="alignnone" width="640"] संस्कृति, पर्यटन तथा नागरिक उडयानमन्त्री योगेशकुमार भट्टराई कोरोना भाइरस (कोभिड–१९) को महामारीको जोखिमलाई मध्यनजर गर्दै भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज दुवाकोटलाई आइसोलेसन वार्ड तयार पार्न अस्पतालको अनुगमन गर्दै । तस्वीरः रमेश गिरी/रासस[/caption]

[caption id="attachment_172534" align="alignnone" width="640"] कोभिड–१९ को सङक्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय बबरमहलमा बुधबार सवारी पास लिनेको भीड । सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तस्वीरः प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_172533" align="alignnone" width="640"] विश्वव्यापीरुपमा तिब्रगतिमा फैलिएको कोरोना भाइरसको सङक्रमणका कारण नेपाल सरकारले मङगलबारबाट गरिएको लकडाउनका कारण दोस्रो दिन बुधबार कोटेश्वर चोकमा सुरक्षा जाँच गर्दै प्रहरी । तस्वीरः रप्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_172532" align="alignnone" width="640"] कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवस्थामा अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा भञ्ज्याङको अवस्था बुझन बुधबार पुग्नुभएका प्रमुख जिल्ला अधिकारी ७नतसवणकुमार तिमिल्सिना, प्रहरी प्रमुख रविराज पौडेल र नेपाली सेना विष्णु दल गण धुलिखेलका प्रमुख सुवास खडकालगायत । तस्वीरः पेमा लामा/ रासस[/caption]

[caption id="attachment_172529" align="alignnone" width="640"] राजविराजस्थित साईकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा क्वारेन्टाइन व्यवस्थित बनाउँदै नेपाली सेना । राजविराज नगरपािलकाद्वारा निर्मित क्वारेन्टाइनमा २७ शैयया रहेको छ । तस्बिरः नानीमैया कटवाल/रासस[/caption]

[caption id="attachment_172528" align="alignnone" width="640"] पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ डुम्रेमा बुधबार सवारी चालकको स्वास्थ्य परीक्षण गरिँदै । लकडाउनको अवधिमा राजमार्गमा चल्ने सवारीसाधन चालकको स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस[/caption]

[caption id="attachment_172527" align="alignnone" width="640"] कोभिड-१९को सम्भावित सङक्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन घोषणा गरेपछि दिक्तेल बजारका स्थानीयवासीलाई सचेत रहन माइकिङमार्फत आग्रह गर्दै सुरक्षाकर्मी । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । तस्वीरः केदार मगर/रासस[/caption]

[caption id="attachment_172526" align="alignnone" width="640"] डडेल्धुराको परशुराम नगरपालिकाले भारतबाट फर्किएएका नेपालीलाई क्वारेन्टाइना राख्नुअघि स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्वीरः करन ताम्राकार/रासस[/caption]

[caption id="attachment_172525" align="alignnone" width="640"] गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार पोखराको शान्तिवनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गर्दै । कोराना भाइरस (कोभिड–१९) कोरोना रोकथामका लागि सरकराले लकडाउन गरेपछि आकस्मिक उपभोग्य बस्तुको उपलब्धता र मूल्यको बारेमा मन्त्री लम्सालद्वारा आकस्मिक अनुगमन गरिएको हो । तस्वीरः जमुना वर्षा शर्मा/रासस[/caption]

[caption id="attachment_172524" align="alignnone" width="640"] जाजरकोटका सर्वसाधारणलाई बुधबार माइकिङ गरेर जानकारी गराउँदै गस्तीमा खटिएका सुरक्षाकर्मी । तस्वीरः हेमन्त केसी/रासस[/caption]

[caption id="attachment_172523" align="alignnone" width="640"] डोटीको दिपालय सिलगढी नगरपालिका–४ राजपुरको सेती सभाहलको क्वारेन्टानइनमा राखिएका भारतबाट आएका ३२ जना स्थानीयलाई खाना खुवाउँदै वडाअध्यक्ष वीरेन्द्र शाहसहितका स्थानीयबासी । तस्वीरः विमलबहादुर विष्ट/रासस[/caption]

[caption id="attachment_172522" align="alignnone" width="640"] मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ मा रहेको श्रमिक मावि कर्रामा कोरोना सङक्रमण भएमा बिरामीहरुलाई उपचारको लागि आइसोलेसन तथा आइसियु वार्डको बारेमा स्वाथ्यकर्मीसँग कुरा गर्दै हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल । तस्वीरः अञ्जली थापा/रासस[/caption]

[caption id="attachment_172521" align="alignnone" width="640"] निश्चित दूरीमा बसेर कार्यसञ्चालनः कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सिंहदरबारस्थित रक्षा मन्त्रालयको परिसरमा निर्मिति अस्थायी शिविरबाट कार्यसञ्चालन गर्दै । कोभिड– १९ को सङक्रमणको सम्भावित जोखिबाट बच्न निश्चित दूरीमा बसेर काम गर्ने पद्धतिका लागि यो छलफल एक उदाहरण पनि हुन सक्नेछ । तस्वीरः सौजन्यः उपप्रधानमन्त्रीको निजी सचिवालय/ रासस[/caption]

 

Advertisement

Advertisement

Advertisement