बैंकिङ, बीमा र सेयर कारोबार बन्द नगर्न सरकारको निर्देशन

,   १२ चैत्र २०७६, बुधबार, ०९:०४ pm   

काठमाडौं । सरकारले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण प्रवाहको कामलाई निरन्तरता दिने निर्देशन दिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्तस्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्र सम्बन्धी न्युनतम सेवाहरुलाई निरन्तरता दिन भनेको हो ।

समितिको निर्णयमा भनिएको छ–‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्युनतम सेवालाई सम्बन्धित निकायहरुले निरन्रता दिने । साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को सञ्चार माध्यमबाट सेवाग्राहीलाई जानकारी गराउने ।’

aecc