भारतमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो, १० जनाको मृत्यु

,   १२ चैत्र २०७६, बुधबार, १०:०४ pm   
china_corona_virus

काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ भने १० जनाको मृत्यु भैसकेको छ । भारतमा २२ राज्यका ७५ वटा जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ । तिमध्ये महाराष्ट्र, कर्नाटक, केरला, दिल्ली, एनसीआर र उत्तर प्रदेशमा सबै भन्दा बढी संक्रमण देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि लक डाउनको घोषणा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १८६ देशमा कोरोना संक्रमण देखिएको छ । चीनको वुहानबाट फैलिएको संक्रमण अहिले इटली, अमरीका, स्पेन, जर्मनी, ईरान, फ़्रानस र दक्षिण कोरियामा भयावह रुपमा फैलिएको छ ।

aecc