एचआइभीको औषधीले कोरोना ठिक भएको दावी

Advertisement

काठमाडौं । भारतमा एचआइभीको औषधीले कोरोना ठिक भएको दावी गरिएको छ । प्रेस ट्रस्ट अफ इण्डिया(पीटीआई)का अनुसार भारतको केरलास्थित एर्नाकुलम अस्पतालले एचआइभी संक्रमितले प्रयोग गर्ने एचआइभी एन्टिरेट्रोभाइरल औषधीले कोरोना संक्रमण हटेको दावी गरेको हो ।

एर्नाकुलम अस्पतालका डाक्टरको दावीलाई पीटीआई मार्फत उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ–‘जुन बेलायती नागरिकलाई कोरोनाको संक्रमण थियो, त्यसँग लड्नका लागि एचआइभी एन्टिरेट्रोभाइरल औषधी दिईएको थियो, अब उसको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।’ पीटीआईले अस्पतालको दावीलाई ट्वीट समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement