कोरोना भाईरस उपचार कोषमा नेकपा संसदले दिने भए १५ दिनको तलब

,   १३ चैत्र २०७६, बिहीबार, १०:३२ am   

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभरी महामारीका रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणका लागि सहयोग गर्न नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले पाउने सेवा सुबिधाको १५ दिनको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदिय दलका मुख्य सचेतक केशवराज पान्डेले जानकारी दिए ।

कोरोना भाईरसको सङ्क्रमण कम गर्न सरकारले लकडाउन गरेकोले सो पालना गर्न आमजनसमुदायलाई आग्रह समेत गरेको छ । बिश्वसमुदाय समक्ष चुनौतीका रुपमा रहेको कोरोना भाईरसलाई परास्त गर्न सरकारले गरेको आव्हानलाई कार्यन्वयन गर्नुको बिकल्प नभएको मुख्य सचेतक पाण्डेले बताए । सरकारले गरेको निर्णयपुर्ण रुपमा पालना गराउन सहयोग गर्न प्रदेश सभा सदस्यहरुलाई उहाले आग्रह समेत गरे । बागमती प्रदेश सभामा नेकपाका ८० सदस्यहरु रहेका छन् ।

aecc

यसअघि नै प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसहित अन्य मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् प्रमुख प्रतिपक्षी दलले पनि ७ दिनको जम्मा गर्ने जनाएको छ ।