एलपी ग्यास आधा सिलिण्डर मात्रै बेच्ने तयारी, ‘आपूर्ति व्यवस्थापन सहज बनाउने प्रयास': पौडेल

Advertisement

काठमाडौँ । सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थापन सहज बनाउने उद्देश्यले आधा सिलिण्डर ग्यास बिक्री गर्ने तयारी गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले यसबारेमा ठोस निर्णय लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, आयल निगम, ग्यास उद्योगी र बिक्रेताबीच छलफल भइरहेको बताए ।

कोरोना भाइरस संक्रमणको विश्वव्यापी प्रभावपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ गरेको छ । यो विषम परिस्थितिमा आधा सिलिण्डर खाना पकाउने एलपी ग्यास बिक्री गरेर भएपछि आपूर्ति व्यवस्था सहज गराउन लागिएको हो–कार्यकारी निर्देशक पौडेलले भने ।

एक सिलिण्डर ग्यासमा १४.२ किलो हुन्छ, सिलिण्डरमा आधा भर्दा ७.१ किलो हुन्छ । अहिले भरी सिलिण्डरको मूल्य १ हजार ३ सय ७५ रुपियाँ छ भने आधा सिलिण्डर ६ सय ८७ रुपियाँ ५० पैसामा बिक्री गर्नु पर्ने हुन्छ ।

मन्त्रालयसँगको छलफलपछि ग्यास भरेर बेच्ने बोटलिङ प्लान्टलाई आधा सिलिण्डर भरेर बेच्न निर्देशन दिइने कार्यकारी निर्देशक पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement