जीवन बीमक संघले भन्यो-‘अब सार्वजनिक सेवा सामान्य भएको १५ दिन भित्र बीमा शुल्क बुझाए हुन्छ’

Advertisement

काठमाडौँ । जीवन बिमक संघले हाल भुक्तानी गर्न नसकेको कारणले बीमालेख ब्यतित नहुने नाएको छ ।

बीमा समितिको चैत १० गतेको निर्देशन अनुसार उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाएमा बीमा शुल्क किस्तामा ब्याज नलाग्ने व्यवस्था गरिएको संघले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

जीवन बीमा सेवा सम्बन्धमा सम्बन्धित कम्पनीबाट सेवाग्राहीले पाउनु पर्ने सेवा र जानकारीको सम्बन्धमा थप जानकारी तथा संयोजन आवश्यक परेको अवस्थामा संघका अध्यक्ष शिवनाथ पाण्डे र सचिव पोषकराज पौडेललाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement