लक्ष्मी ग्रुपले कोरोना भाइरस रोकथाम कोषमा १ करोड योगदान गर्ने, फिवर क्लिनिकसमेत सञ्चालन

Advertisement

काठमाडौं । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले विज्ञप्ति मार्फत विश्व व्यापीरुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि सहयोगको घोषणा गरेका हुन् ।

कोरोना संक्रमणबाट नियन्त्रण र प्रभावितको उपचारका लागि स्क्रिनिङ फिवर क्लिनिक समेत सञ्चालन गर्ने योजनामा रहेको लक्ष्मी ग्रुपले विज्ञप्तिमा उल्लेख गरेको छ ।

देशका विभिन्न अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिङका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको र यसका लागि लक्ष्मी समूहले आर्थिक सहयोग उपब्ध गराउने तथा हेल्थ एट होमले साझेदारको रुपमा काम गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement