सानिमा बैंकका यी शाखा जो लक डाउनमा पनि खुल्नेछन्

Advertisement

काठमाडौं । सानिमा बैंकले लक डाउन अवधीमा पनि एटिएम नभएका आफ्ना शाखाहरु सञ्चालन गरिरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार एटिएम काउन्टर नभएका एक दर्जन शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म सिमित बैंकिङ कारोबारका लागि खुल्ला गरिएका हुन् । बैंकले नक्सालस्थित केन्द्रिय कार्यालय भने बिहान ११ बजेदेखि १ बजेसम्मका लागि खुला गरिरहेको छ ।

निक्षेप राख्ने र नगद झिक्ने प्रयोजनका लागि बैंकका शाखाहरु खुल्ला गरिएको सिइओ दाहाल बताउँछन् । एलसी, टीटी र प्रतितपत्र प्रयोजनका लागि पनि बैंकको केन्द्रिय कार्यालयले सेवा दिईरहेको छ । कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै सेवाग्राहीलाई मोबाइल बैंकिङ र एटिएमको प्रयोग गर्न पनि उनले सुझाव दिए ।

यी शाखा खुल्छन् ११ देखि १ बजेसम्म
बाजुराको हिमाली शाखा, कालिकोट सान्नित्रिवेणी शाखा, सुर्खेतको चिनगाढ शाखा, दैलेख ढुंगेश्वर शाखा, नुवाकोटको किस्पाङ र शिवपुरी शाखा, ललितपुरको कोन्जोस्योम शाखा, मकवानपुर वागमति र कैलाश गाउँपालिका शाखा, दोलखाको मेलुङ शाखा, उदयपुरको उदयपुर गढी शाखा, खोटाङको दिप्रुङ शाखा र इलामको फाफोक्थुम शाखा सञ्चालन हुनेछन् ।

स्थानीय प्रशासनले अनुमति नदिएपछि खुलेन सान्नित्रिवेणी
बिहिबार स्थानीय प्रशासनले अनुमति नदिँदा कालिकोटको सान्नित्रिवेणी शाखा खोल्न नसकिएको पनि सिइओ दाहालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement