भाइरस मार्न भन्दै काठमाडौं महानगरपालिकाले छर्किन थाल्यो 'डिसइन्फेक्सन स्प्रे' (भिडियो)

Advertisement

काठमाडौं । भाइरस मार्ग भन्दै काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितहरु नेपालमा समेत देखिन थालेपछि भाइरस मार्ग किटनाशक औषधि छर्किन सुरु गरिएको हो । महानगरपालिकाले भाइरस फैलिन नदिन औषधि छर्किन थालेको बताएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार बढी भीडभाड हुने वीरअस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किक्ष्एको छ ।

Advertisement

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ ।

Advertisement

Advertisement