'कोरोना उपचारका लागि ४ वटा अस्पताल तयार छन्, धेरै चिन्ता नगरौं'

Advertisement

बुटवल । प्रदेश ५ सरकारले कोरोना उपचारका लागि ४ वटा अस्पताल तयार पारेको छ । प्रदशेका मुख्यमन्त्री शंकर पोखरेलका अनुसार कोभिड १९ को उपचारका भौगोलिक सुबिधालाई मध्यनजर गरि चार अस्पताल तयार गरिएको हो ।

प्रदेश सरकारले राप्तीवासीका लागि दाङको वेलझुण्डीमा, बाँके, वर्दियाका लागि बाँकेको खजुरामा, लुम्विनीका पहाडी जिल्लालाई समेत हेर्नेगरी वुटवलमा अस्पताल तयार भएको छ । गम्भिर विरामीको लागि भने भैरहवाको भिम अस्पताल तयारी अवस्थामा राखिएको छ। ज्वरो र रुघाखोकीको उपचारको सवै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा मिलाइएको पनि उनले बताएका छन्। निकट भविष्यमा परीक्षण ल्याव समेत स्थापना गरिने उनले बताएका छन्।

Advertisement

Advertisement

Advertisement