देशभर १०१ शाखाबाट बैंकिङ सेवा, काठमाडौंमा पाँच कार्यालय खुल्लै

Advertisement

काठमाडौं । लक डाउनको चौथो दिन कृषि विकास बैंकले देशभर १०१ शाखाबाट बैंकिङ सेवा दिईरहेको छ ।
बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार एक जिल्लामा न्युनतम एक शाखा हुने गरि स्थानीय प्रशासनसँगको समन्वयमा सेवा सञ्चालन गरिएको हो ।

बैंकले काठमाडौंमा पाँच वटा शाखाबाट सिमित सेवा प्रवाह गरिरहेको छ । उपत्यकामा रामशाह पथको कर्पाेरेट कार्यालयसहित बालाजु, मंगलबजार, दुधपाटी भक्तपुर, बानेश्वर शाखा खुल्ला छन् । बैंकले बुधबार ९० वटा शाखाबाट सेवा दिएको थियो ।

बैंकले आफ्ना सेवाग्राहीलाई मोबाइल बैंकिङ र एटिएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । ‘कोरोनाका संक्रमणबाट कर्मचारी र सेवाग्राही सबै बच्नुपर्छ, सकेसम्म मोबाइल बैंकिङ र एटिएम सेवा प्रयोग गर्नुस्, सिमित बैंकिङ कारोबारका लागि १०१ वटा शाखा खुल्ला छन्’, प्रवक्ता पौडेलले कर्पाेरेट नेपालसँग भने ।

उनले बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म शाखाहरुबाट निक्षेप राख्ने र नगद झिक्न सकिने बताए । त्यस्तै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पाेरेट कार्यालयमा सम्पर्क गर्न पनि उनले सेवाग्राहीलाई आग्रह गरे ।

शुक्रबार बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा विभागीय प्रमुख अजय कुमार रिमाल र बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा लगायतको टोलीले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन समेत गरेको थियो ।

Advertisement

Advertisement

Advertisement