हिमालयन बैंकको सीईओमा अशोक राणालाई निरन्तरता, नयाँ कार्यकाल बैशाख १ गतेबाट

Advertisement

काठमाडौं। हिमालयन बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक राणालाई निरन्तरता दिने निर्णय गरेको छ ।

वर्तमान सीईओ राणालाई आगामी चार वर्षका लागि उक्त पदमा निरन्तरता दिने दिने निर्णय गरेको हो । गत सोमबारको बैठकले सीईओमा निरन्तरता दिने निर्णय गरेपछि उनको नयाँ कार्यकाल आगामी बैशाख १ गतेबाट शुरु हुनेछ ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबराका छोरा अशोक उक्त बैंकमा १२ वर्षदेखि सीईओका रुपमा कार्यरत रहेका छन् ।

Advertisement

Advertisement

Advertisement