नेपाल इन्स्योरेन्सले इमेल पठाउने बीमितिको बीमा लेख नविकरण गरिदिने

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने घोषणा गरेको छ । बीमा समितिले चैत १३ गते दिएको निर्देशन अनुसार कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने निर्णय गरेको डेपुटी सिइओ बिक्रान्त पाण्डेले बताए ।

कम्पनीले आफ्ना बीमितहरुलाई बीमालेखको अवधी सकिनु अघि नै इमेल पठाउन अनुरोध पनि गरेको छ ।
उनले सम्बन्धित शाखा वा केन्द्रिय कार्यालयमा इमेल पठाउन अनुरोध पनि गरे । कोरोना भाइरसको सम्भावित संक्रमणका कारण बीमा कम्पनीका शाखाहरु बन्द गरिएका छन् ।

बीमा समितिले विद्युतिय माध्यमबाट बीमा शुल्क भुक्तानी गर्न अनुरोध गर्दै आएको छ । साथै, कोरोनाको त्रास अवधीमा म्याद सकिने बीमालेखहरुका हकमा बीमितले इमेल लेखेर नविकरण गर्न सक्ने व्यवस्था गर्न भनेको थियो ।
नेपाल इन्स्योरेन्सले लक डाउन अवधीमा बीमा सेवा लिनका लागि आफ्ना सम्पर्क व्यक्तिहरु समेत तोकिसकेको छ ।

Advertisement

Advertisement

Advertisement