हिमालयन बैंकले कोरोना उपचार कोषमा १ करोड २५ लाख योगदान गर्ने

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपियाँ योगदान गर्ने भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त परिमाणको रकम प्रदान गर्ने निर्णय गरेको हो । उक्त योगदानले कोरोना भाइरसको उपचारमा सरकालाई मद्दत हुने बैंकले विश्वास लिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement