पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड ‘लकडाउन’ खुलेपछि मात्रै

,   १४ चैत्र २०७६, शुक्रबार, ०७:१८ pm   

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाडफाँट लक डाउन खुलेपछि मात्रै हुने भएको छ । पुनर्बीमा कम्पनीका विज्ञ बिष्णु प्रसाद उपाध्यायले लक डाउन खुलेको ३ दिन भित्र आइीओ बाडफाँट गरिसक्ने बताए ।

‘अहिले त बैंकहरुबाटै तथ्यांक लिएर भेरिफाइ गरिसकिएको छैन्, लक डाउन खुलेको ३ दिनभित्र बाडफाँट गरिसक्ने योजना छ’, उपाध्यायले कर्पाेरेट नेपालसँग भने ।

कम्पनीको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि ४ लाख ९ हजार ७ सय २२ जनाले आवेदन दिएका हुन् ।

aecc