कोरोना संक्रमित चौथा व्यक्ति भेटिए, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

Advertisement

काठमाडौं । काठमाडौँ उपत्यका बाहिर १ व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । पछिल्लो केशसँगै नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार धनगढीमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । नमुना परिक्षण गर्दा शुक्रबार कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।

स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै दुबईबाट आएका ३४ वर्षका व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यसअघि ३ जनामा कोरोना भाइरस देखिएकोमा १ जना उपचार पछि घर फर्किका छन् भने २ जनाको उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement