प्रधानमन्त्री ओली २० घण्टापछि अस्पतालबाट निवास फिर्ता

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् ।

गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement