मुद्दती निक्षेपमार्फत राष्ट्र बैंकले झण्डै रु. दुई अर्ब बजारमा प्रवाह गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत झण्डै दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको विभिन्न कोषमा रहेको एक अर्ब ९५ करोड १२ लाख रुपियाँ बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत ३६६ दिनको मुद्दती निक्षेपमा राख्न लागेको हो ।
आगामी वैशाख २ गते देखि २०७८ वैशाख १ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्न राष्ट्र बैङ्कले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

यसका लागि इजाजतपत्र प्राप्त विभिन्न शर्त पूरा गरेका वर्गीकृत संस्थाबाट आपूmले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई राष्ट्र बैङ्कले तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फाराम भरी शुक्रबार पेश गर्न सूचनामार्फत जनाएको छ ।

मुद्दती निक्षेपका लागि क वर्गका वाणिज्य बैङ्कहरुमा एक अर्ब ५६ करोड ११ लाख रुपियाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैङ्कमा २९ करोड २६ लाख रुपियाँ, ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ९७ करोड पाँच लाख रुपियाँ तोकिएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, राष्ट्र बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने शर्त छ ।

यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको वा सोभन्दा बढी रहेको तथा कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने राष्ट्र बैङ्कको शर्त छ । आर्थिक वर्ष २०७५।७६ मा सञ्चालन मुनाफा (व्यवस्था पछिको)मा रहेको तथा रियलस्टेट कर्जा राष्ट्र बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने शर्त मुद्दती निक्षेपका लागि छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement