सिद्धार्थ बैंकले बागमती प्रदेशको कोरोना उपचार कोषमा हस्तान्तरण गर्यो १० लाख

,   १५ चैत्र २०७६, शनिबार, १२:४४ pm   

हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ ।

बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सञ्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग उक्त रकमको चेक शनिबार हस्तान्तरण गरेका हुन् । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री पौडेलले महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोग प्रति धन्यवाद दिए । सरकारले मात्र चाहेर नहुने भन्दै विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताए । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि अनुरोध गरे ।

aecc

सातवटा प्रदेशमा १०–१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिए ।