नेपाल एयरलाइन्सको चिनियाँ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना

Advertisement

काठमाडौँ । नेपाल एयरलाइन्सको चिनियाँ वाइ १२ इ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ । बिरामीहरु स्वाबको नमूना लिन गएको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

कोरोना रोकथामको औषधि र सामग्री लिएर गएको सो जहाज बिरामीहरुको स्वाब लिएर परीक्षणका लागि काठमाडौं आउने क्रममा थियो । नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।

तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको सो जहाज जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

Advertisement

Advertisement

Advertisement