एनआइसी एशियाले प्रदेश २ का ५ स्थानमा सञ्चालन गर्यो सहायता केन्द्र

Advertisement

लहान । कोभिड १का कारण लकडाउनको मार खेपिरहेका आफ्ना ग्राहककका लागि एनआइसी एशिया बैंक लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।

टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेश २ का आठै जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उपप्रादेशिक कार्यालय लहानका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए ।

बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।

उक्त ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख प्रकाशचन्द्र अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, मनुप्रसाद शर्मा र गोपालप्रसाद सुवेदीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

यस्तै वीरगञ्जस्थित सहायता केन्द्रका लागि पूजा खेतान र अमृत राणा तथा चन्द्रनिगाहपुर सहायक केन्द्रका लागि विशाल शर्मा र रवि थापालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

हरिवन सहायता केन्द्रका लागि सुनित श्रेष्ठ र सुमन सिंहलाई जिम्मेवारी दिइएको छ भने जनकपुरका लागि उत्सुक श्रेष्ठ र ईश्वर अचार्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लहानस्थित सहायता केन्द्रका जिम्मेवारी मुकेशकुमार साह र प्रदीपकुमार साहलाई दिइएको प्रमुख साहले बताए ।

Advertisement

Advertisement

Advertisement