ट्रम्पले इतिहासकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा गरे हस्ताक्षर

Advertisement

काठमाडौँ । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन् ।

त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ । यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन सिनेटमा छलफल भएको थियो । अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए ।

अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । –बीबीसीबाट

Advertisement

Advertisement

Advertisement