एनआइसी एशियाका ग्राहकलाई यस्तो सुबिधा, ‘घरमै बसी सपिङ पनि १० प्रतिशत छुट पनि’

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता पाउने भएका छन् । यस्तो सुबिधा दिने बारे बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामाग्री पाइने मेरो किरानासँगको साझेदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुबिधा पाउने छन् ।

मेरो किरानाबाट अनलाइन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपियाँसम्म र बढीमा १ हजारसम्म रकम फिर्ता पाउन सक्नेछन् । यो योजना चैत मसान्तसम्म लागु हुने जनाइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिसकेको अवस्थामा डिजिटल बैंकिङ प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुबिधा ल्याएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement