सनराइज बैंकद्वारा वीर अस्पताल र शुक्रराज ट्रपिकलमा पीपीई वितरण, सातै प्रदेशमा वितरण गर्ने

Advertisement

काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५–२५ थान दिएको छ । कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो ।

शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका हुन् । साथै उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

कार्यक्रममा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देशबासीलाई थोरै थोरै भए पनि मलम लगाउने उद्देश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) उपकरण वितरण गर्ने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement