ककनीका वडा अध्यक्ष जो साबुन र मास्क बोकेर घर घर पुगिरहेका छन्

Advertisement

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा न. ३ मा एक हजार १७ घरधुरी छन् । कोरोना संक्रमणले पुरै देश लक डाउनमा छ । तर ककनी वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईँ भने साबुन र मास्क बोकेर नागरिकका घर घरमा पुगिरहेका छन् ।

‘आज ३ सय घरमा पुगेर साबुन र मास्क वितरण गरेँ, भोली मेरो वडाका सबै एक हजार १७ वटै घरमा पुगेर साबुन र मास्क वितरण गर्छु’, वडा अध्यक्ष बजगाईँले भने । उनले प्रत्येक घरधुरीलाई ३ थान डिटोल साबुन बाडिरहेका छन् । वृद्धवृद्धालाई भने मास्क समेत उपलब्ध गराईरहेका छन् ।

त्यति मात्रै नभएर वडा वडा स्वास्थ्य क्लिनिकका कर्मचारीलाई ६ थान पिपिई र स्यानीटाइजर र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।  उनले करिब ५ लाख मूल्य बराबरका समान वितरण गर्ने लक्ष्य राखेको बताए ।

‘हिजो चुनावमा भोट माग्न घर घरमा पुगेको थिएँ, सुःख, दुःखमा घरघरमै आउँछु भनेको थिएँ, आज कोरोनाले नागरिकमा त्रास छाएको छ, पूर्व प्रतिवद्धता अनुसार घर घरमा पुगेर चेतनासँगै साबुन र मास्क बाडिरहेको छु’, वडा अध्यक्ष बजगााईँले भने ।

उनले कोरोनाको त्रासका बीच नागरिकका घरसम्म पुगेर आफुले सच्चा जनप्रतिनिधी बन्ने प्रयास गरेको पनि बताए ।
बजगाई तत्कालिन माओवादी केन्द्र(हालको नेकपा)का तर्फबाट वडा अध्यक्ष बनेका हुन् ।

Advertisement

Advertisement

Advertisement