भाटभटेनीले एकै दिन ७०० उपभोक्ताको घर घरमै पुर्यायो खाद्य सामग्री

Advertisement

काठमाडौं । भाटभटेनी सुपर स्टोरले शनिबार ७ सय भन्दा बढी उपभोक्ताको घरमा खाद्य सामग्री पुर्याएको छ । कोरोना भाइरसको संक्रमणलई मध्यनजर गर्दै सरकारले देशमा एक हप्ताका लागि लक डाउन गरेको छ । लक डाउनका कारण आम नागरिक आवश्यक सामान खरिदका लागि घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन् ।

यस्तो विषम परिस्थितिमा भाटभटेनीले नागरिकका घरमै होम डेलिभरीको सुबिधा दिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए । भाटभटेनीका मालवाहक सवारी साधनहरु समान बोकेर नागरिकका घरसम्म पुगिरहेका छन् ।

भाटभटेनीले शुक्रबारदेखि होम डेलिभरीका काम आरम्भ गरेको थियो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयरुले बिशेष पासको व्यवस्था समेत गरिदिएको छ । भाट भटेनीले इन्स्टाग्रामबाट अर्डर लिएर होम डेलिभरी सेवा दिईरहेको छ । न्युनतम पाँच हजार मूल्यको समान अर्डर गर्नुपर्नेछ । कम्पनीले होम डेलिभरीको शुल्क भने लिनेछैन् ।

Advertisement

Advertisement

Advertisement