कोरोना संक्रमितको वयान

Advertisement

कोरोनाले मलाई सोध्योः हात धोयौ ?
अँ !! भनेँ तर मैले हात धोएको थिइन
ऊ मेरो हातमा आयो
जिउ जिउ चढ्यो
अंग अंग चहार्यो
हात मिलाएको साथी कहाँ गयो
अँगालो हालेको प्रिय कहाँ पुग्यो
जुठो खाएको मित्रसँग मित लायो
बाठो कोरोना
बलियालाई छामछाम छुमछुम मात्र गर्छ
निर्धाको कलेजो खान्छ
फोक्सो खान्छ
र मृत्युको गीत गाउँछ

जब्बर कोरोना
साबुन, पानी र आइसोलेसन बाहेक
अरु कोहीसँग डराउँदैन ।
१५ चैत ०७६

Advertisement

Advertisement

Advertisement