दिल्लीमा पत्रिका बिक्रीमा कडाई, नेपालका ग्राहकले भन्नथाले– घरमा पत्रिका नफाल

Advertisement

काठमाडौं । दिल्ली प्रहरीले पत्रपत्रिका बितरणमा कडाई गरेको छ । त्यहाँको प्रहरीले बिहान ४ देखि ९ बजेभित्र मात्रै पत्रिका बितरण गर्न वितरकहरुलाई अनुमति दिएका छन् ।

पत्रपत्रिका पनि कोरोना संक्रमणको कारण बन्नसक्ने भएपछि दिल्ली प्रहरीले बितरणमा कडाई गरेको प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले जनाएको छ । दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा पत्रिकाका एजेन्ट तथा वितरणहरु समसया बनेकाले कडाई गरिएको बताएका छन् ।

उनले मातहतका प्रहरी अधिकारीहरुलाई तोकिएको समयभन्दा अन्य समयमा पत्रिकाका एजेन्ट तथा वितरणहरुलाई निशेष गर्न निर्देशन जारी भइसकेको बताएका छन् ।

यता नेपालमा पनि कोरोना संक्रमित (कोभिड १९ पोजेटिभ) व्यक्तिहरु देखिन थालेपछि कतिपय पत्रिकाका ग्राहकहरुले घरमा पत्रिका नपठाउन आग्रह गर्न थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत पत्रिका पनि कोरोना संक्रमणको कारण बन्नसक्ने भन्दै पत्रिका नल्याउन आग्रह गर्न थालेका हुन् ।

Advertisement

Advertisement

Advertisement