कोरोनापछी कस्तो होला बिश्व अर्थतन्त्र ? तोयम रायाको विचार

Advertisement

कोरोनाको महामारी पछिको विश्व कस्तो होला ? विश्व अर्थतन्त्रमा भविष्यमा कस्तो प्रभाव पर्ला ? कोरोना पछि विश्वका समृद्धशाली एवम् विकासोन्मूख राष्ट्रले आफ्नो अर्थतन्त्र लाई उचाईमा पुर्याउन कस्तो नीति अख्तियार गर्लान, यस्ले गरिबीसँगै लडिरहेका राष्ट्रमाथि कस्तो असर पर्ला ? अब यस्को आकलन गर्ने बेला भएको छ । १. रोजगारीका अवसरहरु साँघुरो हुन सक्ने छ, आन्तरिक रोजगारीमा जोड दिइने हुँदा रेमिटान्समा असर पर्न सक्ने छ ।

Advertisement

२. विकासोन्मूख राष्ट्रले सामाजिक पूर्वाधारको क्षेत्रमा लगानी बढाउन सक्ने हुँदा यी राष्ट्रले गरीबहरुमा गर्ने सहयोगमा कमि आउन सक्छ ।
३. विषय बिज्ञताको क्षेत्र खोजी हुन सक्नेछ, जनशक्ति विकासमा लगानी वृद्धी हुनेछ । सबै क्षेत्रमा ‘लङ टर्म प्लानिङ’ मा जोड़ हुनेछ । छिटो निर्णय शैली अपनाइने हुँदा प्रकृया भन्दा उपलब्धिमा मूल्यांकन हुने हुँदा कार्यान्वयनकर्ताको भूमिका अहम् हुनेछ ।
४. ब्यक्तिमा आफ्नोपनको विकास हुनेछ, आन्तरिक रोजगारी र उत्पादनमा वृद्धी हुनेछ ।५. नेतृत्व छनौट विधिमा परिवर्तन आउने छ । यथास्थितिवाद कमजोर हुनेछ । संगठन संरचना छरितो हुन्छ । यथास्थिति भन्दा नि नव प्रवर्तन (इनोभेशन) शैलीको प्रधानता हुन्छ ।६. ग्रामिण विकासले प्राथमिकता पाउने हुदा साना सहर विकास हुन्छन् । सहरका प्राथमिकताहरू अग्रिमरुपमा निर्धारित हुन्छन् ।७. धनी राष्ट्रको सहयोगमा छिमेकी देशहरुले प्राथमिकता पाउन सक्छन् ।८. बेरोजगारहरु आन्तरिक रोजगारीमा आकर्षित हुनेछन् ।

(लेखक बागमती प्रदेशका प्रमुख सचिव हुन् । )

Advertisement

Advertisement