‘सात दिनभित्र कोरोना उन्मुलन गर्न सकिन्छ’

Advertisement

काठमाडौँ । नेपाल व्यवस्थापन संघ(म्यान) का सदस्य, ग्रोथ सेलर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्न  सकिने दाबी गरेका छन् ।

कोरोना भाइरसले विश्वलाई नै सताईरहेको र नेपाललाई पनि प्रभावित पारिरहेका बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको प्रधानमन्त्री देऊ, यो देशमा रहेका सबै प्रकारका भाइरसको उन्मुलन गरिदिन्छु, कोरोनाको त के कुरा भयो र । छ हिम्मत ?’

सरकारल आफ्नो उपस्थिति बढाउनुपर्ने, लक डाउनलाई अझै कडा बनाउनुपर्ने र त्यतिले नभए कर्फ्यु लगाउनुपर्नेेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement