सनराइज बैंकले पाटन अस्पताललाई दियो २० थान पीपीई, सीईओ पौड्यालले गरे हस्तान्तरण

Advertisement

काठमाडौं । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) डा.विष्णुप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ ।

‘यो कठिन परिस्थितीमा काम गरिरहेका तमाम डाक्टर र नर्सहरुलाई हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं, बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने ठानेका छौँ’–प्रमुख कार्यकारी अधिकृत पौड्यालले भने ।

Advertisement

Advertisement

Advertisement