आपतमा परेका संखुवासभावासीलाई आवश्यक सहयोग गर्ने पूर्वमन्त्री खड्काको घोषणा

Advertisement

काठमाडौं । पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता दीपक खड्काले काठमाडौं उपत्यकाभित्र रहेका संखुवासभावासीहरुलाई सहयोग गर्ने बताएका छन् ।

आज आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा पोस्ट् गर्दै नेता खड्काले काठमाडौं उपत्यकाभित्र रहेका विद्यार्थी, मजदूर तथा आपतमा परेकाहरुलाई आवश्यक सहयोग गर्ने बताएका हुन् ।

“खास गरेर विद्यार्थी, ज्यालादारी मजदूर तथा विपत्मा पर्नुभएका सम्पूर्ण महानुभावहरु मानवीय विपत्को बेला समस्या परेमा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला ।” उनले उल्लेख गरेका छन् ।

आफ्नोसहित चारजनाको सम्पर्क नम्बर राखेर नेता खड्काले आवश्यक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गर्दै यो समय आफू बाँच्ने अरुलाई बचाउने सबैको कर्तव्य रहेको पनि उल्लेख गरेका छन् ।
१. दीपक खड्का– ९८५१०५३९१९
२. सेबक पोख्रेल– ९८५१०२०६०४
३. श्याम सुन्दर शेर्पा– ९८५२०५१४०७
४. सन्दीप निरौला– ९८५१०३७१७९

Advertisement

Advertisement

Advertisement