वैदेशिक रोजगारमा जानेले पाउने भए सुबिधा, ‘अब अनलाइनबाटै म्यादी जीवन बीमाको भुक्तानी’

Advertisement

काठमाडौँ । बीमा समितिले बैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा सुबिधा प्राप्त गर्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हुन् ।

बैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिबाट नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको इलेक्ट्रिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमालेख जारी गर्दा विद्यमान कानूनी व्यवस्था समेतलाई मध्येनजर गरी प्रिन्ट कपी सहित आवश्यकता अनुसार डिजिटल/ इलेक्ट्रोनिक्समा बीमालेख समेत जारी हुने गरी व्यवस्था गर्न बीमा समितिले भनेको छ ।



विदेश स्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रमस्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिर्नु पर्ने बीमा शुल्क अनलाइन सेवा प्रदायक मार्फत तिर्न सक्ने गरी व्यवस्था मिलाउनु पर्ने समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

साथै बीमा समितिले चैत महिनाबाट लागु हुने गरी वैदेशिक रोजगार(म्यादी) जीवन बीमालेखको लागि उमेर अनुसार बीमा शुल्क निर्धारण गरेको छ ।

Advertisement

Advertisement

Advertisement