ऋणको किस्ता असार मसान्तसम्म बुझाउँदा हुने, चैतमै बुझाए १० प्रतिशत ब्याज छुट

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट लिएको लिएको ऋणको चैत मसान्तमा बुझाउनु पर्ने मासिक र त्रैमासिक किस्ता असार मसान्तसम्म बुझाउँदा हुने भएको छ । राष्ट्रले आज सर्कुलर जारी गर्दै असार मसान्तसम्म किस्ता बुझाउँदा कुनै जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

ऋणीहरुले चैत मसान्तमै किस्ता बुझाएमा भने १० प्रतिशत ब्याज छुट पाउने छन्–राष्ट्र बैंकद्वारा जारी सर्कुलरमा उल्लेख छ । कोरोना भाइरसको असरले अर्थतन्त्रमा पारेको प्रभावलाई राहत दिन राष्ट्र बैंकले यस्तो राहत दिन लागेको हो ।

तलका दुई लिंक क्लिक गर्नुहोला :




कोरोनापछी कस्तो होला बिश्व अर्थतन्त्र ? तोयम रायको विचार

साँवा र किस्ता तिर्ने म्याद असार मसान्तसम्म पुर्याएर तत्कालका लागि ऋणीलाई राहत दिएको जस्तो देखिएपनि असार मसान्तमा भने समस्यामा पार्न सक्ने बैंकर बताउँछन् । राहत प्याकेज ठिकै हो तर तत्कालका लागि मात्रै समाधान हुन सक्छ, तीन महिनापछि कसरी पैसा आउँछ र ऋणीले तिन महिनाको साँवा ब्याज एकै पटक तिर्छ भन्ने सवाल भने आउँछ नै एक बैंकरले भने ।


Advertisement

Advertisement

Advertisement