कोरोनाको उपचार गर्न बागमती प्रदेश सरकारद्वारा स्थानीय तहमा रकम पठाउने निर्णय

Advertisement

हेटौँडा । बागमती प्रदेशको मन्त्री परिषद बैठक आज बसेको छ । बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

मन्त्री परिषदबाट कार्यबिधी पारीत भएसङ्गै स्थानीय बिपद व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो समेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

आईतवार नै बसेको बिपद व्यबस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका बिपद ब्यबस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एबम उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरीद, बिपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement