रोगनिर्माण गर्ने जंकफुड, निजी अस्पताल र एलोपेथीको खेती मौलाउँदैछ

Advertisement

काठमाडौं । विश्लेषक एवं चिन्तक प्राडा युवराज सँग्रौलाले कोरोना भाइरस जस्ता नयाँ रोगको जन्म मानिसकै कमजोरीका कारण भएको भन्दै मानिसले आफ्नो आचरण र संस्कृतिमा सुधार गरेमात्रै यस्ता समस्याबाट जोगिन सकिने तर्क अघि सारेका छन् । फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले औषधिबाट रोग निको पार्ने भन्दा पनि रोग लाग्नै नदिने प्रणालीको विकास गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन् । सँग्रौलाको प्रतिक्रियाः

औषधि उपचारबाट रोग निकोपार्ने प्रणाली भन्दा जनस्वास्थ्यको यथोचित ब्यबस्था उत्तम उपाए हो। निजी अस्पतालको भरमार ओहिरो लाग्यो। समाजको चरम उपभोक्ताबादले रोगको राम्रो खेती गरिदियो। खेती मासियो, नास्पाती बजारमा बिक्दैन अमेरिकाको स्याउ खाने बानी लाग्या छ। संस्कृति र स्वास्थ्य बिचमा अनन्य सम्बन्ध हुन्छ। शरीरमा रोग कतैबाट आएर लाग्ने होइन, निर्माण गरिने हो।

१. नेपालमा जनस्वास्थ्यलाई प्राथमिकता नदिने राज्य प्रणाली र हाम्रो आफ्नै पथभ्रष्ट बनाइएको आदत हो। बाटो सफा राख्न हामी चाहान्नौं । बाटोमा कुकुरलाई हग्न ल्याउने कथित आधुनिक मानिस देखेकै छौँ । आँगन बढारेर बाटोमा फोहोर फ्याँक्ने हाम्रो बानी छ। पानीको मुहान त अब डोजरले सकिहाले।

२. जनस्वास्थ्य र बाताबरणको अभिन्न सम्बन्ध हुन्छ। पहिला गाउँघरमा ससाना पोखरी र अहाल हुन्थे। बर्षायाममा परेको पानी भरिएर हिउँदमा धारा सुक्दैनथे। मानिसलार्इ सफा पानी प्राप्त हुन्थ्यो। त्यो कसले मासिदियो ? हामीले कहिल्यै सोचेनौं।

३. जब प्रकृति ध्वस्त पार्यौं, तब रोगको खेती लाग्यो, तब अस्पतालका नाममा उद्योग खुले।

४. परिणाम एक करोडमा डाक्टर बनाउने उद्योग खुले, मेडिकल कलेजका नाममा। कालो धन राख्ने ठाउँ बने। यदि हामीले सयौं जनस्वास्थकर्मीहरु उत्पादन गरेको भए, स्वास्थ्य मन्त्रालयमा मथुरा श्रेष्ठ जस्ता बिज्ञ चिकित्सक राख्न सकेको भए, ठाउँ ठाउँमा जनस्वास्थ्य कलेजहरु खोलेको भए, यिनलार्इ डाक्टर भनिदिएको भए आज कोरोना भाइरसमा यसरी आतंकित हुनुपर्ने थिएन।

तर नवउदारबादले मानिसको जीवन भ्रष्ट पुँजीपतिको पैसा कमाउने साधन बनाइदियो। रोगनिर्माण गर्ने जंकफुड र निजी अस्पताल अनि एलोपेथीको खेती मौलायो। खोज्नुहोस त अस्पताल चलाउने र जंकफुड उत्पादन गर्नेको सम्बन्ध कस्तो हुन्छ ? अब मानिसले मानिस भएर बाँच्न पाउनुपर्छ। अबको विकास समाजवादको रुपमा अगाडि बढ्नुपर्छ। अब मानिसले प्रकृतिभित्र बाँच्न पाउनुपर्छ।

Advertisement

Advertisement

Advertisement