चैत २५ सम्म घरमै बस्नुपर्ने, मन्त्रिपरिषदले थप्यो 'लकडाउन'को अवधि

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको आइतबार साँझको बैठकले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको सिफारिसअनुसार बैठकले लडकाउनको अवधि एक हप्ताभन्दा थप गर्ने निर्णय गरेको हो ।

बैठकले २५ गते १२ बजेसम्म लकडाउन कायम रहने निर्णय गरेको छ । यसअघिको लडकाउनको समय चैत १८ गते सकिने भएपछि अर्को एक सातालाई समय थप गरिएको हो । भारतमा त्यहाँको सरकारले एकै पटक तीन साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

साथै, सरकारले एक महिनाको लागि शहरी क्षेत्रमा बस्नेहरुका लागि घर भाडा छुट दिने महत्वपूर्ण निर्णय पनि गरेको छ । यसका लागि घरबेटीलाई आग्रह गर्ने र घरबाहल करमा छुट दिने निर्णय मन्त्रपरिषद्ले गरेको छ ।

सरकारले खाद्य संस्थानले बेच्ने दाल चामललगायतका वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गर्नुका साथै १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ ।

मूल्य अभिवृद्धि कर, आयकर तथा अग्रिम कर बुझाउनुपर्ने म्याद आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बढाएको छ । बैठकले विभिन्न कर भुक्तानी गर्नुपर्ने म्याद वैशाख २५ गतेसम्मलाई बढाएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement