६० लाख भन्दा महंगा गाडी र मदिरा आयात रोकियो

Advertisement

काठमाडौं । सरकारले ६० लाख भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले ५० हजार डलर(६० लाख) भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

सरकारले अर्काे व्यवस्था नभएसम्मका लागि मदिराको आयातमा पनि रोक लगाउने निर्णय गरेको छ । त्यस्तै,
मरिच, सुपारी, केराउ, छोकडाको आयातमा पनि रोक लगाइएको मन्त्री डा. खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले सुन आयातको कोटा समेत ५० प्रतिशत घटाएको छ । दैनिक २० किलो सुन आयात भैरहेकामा पनि दैनिक १० किलो मात्रै आयात गर्ने निर्णय सरकारले गरेको हो ।

Advertisement

Advertisement

Advertisement