अवसरहरुः
१. सिपयुक्त युवा शक्ति स्वदेश फर्किएको छ ।
२. संघियतामा गए संगै तिनै तहका सरकारले आफ्नो भूमिका स्पष्ट हुन खोजेका छन् ।
३. उत्पादनको मूख्य हिस्सा मध्येको एक भूमि अर्ध उपयोगको अवस्थामा छ ।
४. उत्पादित वस्तुको माग जनसंख्याको चाप सँगै बढ्ने छ, जस्ले बजारको समस्या रहने छैन ।
चुनौतिः
१. श्रम बजारमा रहेको ठूलो युवा शक्तिको उचित परिचालन हुन सकेन भने समाजमा बिग्रह आउन सक्छ ।२. उत्पादनमा बृध्दि गर्न सकिएन भने आयात बढ्न गइ विदेशी मुद्रामा चाप पर्छ ।३. भविश्यमा विदेशी मुद्रा प्राप्त हुने श्रोतमा न्यून हुन सक्छ ।४. सामाजिक पूर्वाधारका क्षेत्रमा लगानी बढी गर्न पर्दा भौतिक पूर्वाधारमा लगानी घट्नेछ, जबकि भौतिक पूर्वाधार लाइ नै विकास मान्ने प्रचलन नै भइ सकेको छ ।५. आयातमूखि राजस्व रहेको हाम्रो अर्थतन्त्रमा समेत चाप पर्न सक्छ ।
अब के गर्ने ?
१. कृषि अर्थतन्त्रलाई टेवा दिन तिनै तहको सरकारको साझेदारीमा साझा कृषि कोष स्थापना गरी बैक मार्फत सेवा शुल्क लिइ ऋण प्रवाह गरिनु पर्छ ।२. जग्गाधनि सँग सरकारले जग्गा लिजमा लिइ कृषि गर्न चाहनेलाइ उपलब्ध गराउनु पर्छ ।३. उत्पादित वस्तुको खेति शुरु गर्दा कै बखत न्यूनतम मूल्य तोकिनु पर्छ, सो मूल्यमा सरकारले खरिद समेत गर्ने व्यवस्था मिलाउनु पर्छ ।४. पर्यटकको लागि भिसा निस्शुल्क गरिनु पर्छ, तर होटल बुकिङलार्इ अनिवार्य गरिनु पर्छ ।५. रोजगारीलाई उत्पादनसँग जोड्न सार्वजनिक सेवालाइ करार पध्दतिमा जोड्न पर्छ । हरेकको जिम्मेवारी स्पष्ट गरी जवाफदेहि बनाउनु पर्छ ।६. औद्योगिक कच्चा पदार्थलाइ उत्पादनसंग जोडि आयातमा कर नलाग्ने व्यवस्था गर्न सकिन्छ ।
७. केहि बर्ष संगठन संरचना थप नगर्न सकिन्छ कि अध्ययन गरिनु पर्छ ।
(लेखक बागमती प्रदेशका प्रमुख सचिव हुन् ।)