महासंघको श्रमिकहरुलाई अपील– थप संकट आउन नदिन उत्पादन प्रक्रियामा सहभागी हुनुहोस्

Advertisement

काठमाडौं । उद्योगी व्यवसायीहरुको साझा संगठन नेपाल उद्योग बाणिज्य महासंघले अहिलेको विषयम परिस्थितिमा अत्यावश्यक वस्तुहरु उत्पादन गरेर जनतासम्म पुर्याइएन भने देश अझ ठूलो संकटमा पर्ने भन्दै उत्पादन प्रक्रियामा सहभागी हुन श्रमिकहरुलाई अपील गरेको छ ।

लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगका कारण नेपालसहित विश्वनै त्रासदीको अवस्थामा यतिखेर रहेको यो संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले विपतको यस अवस्थामा हामी सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने बताएको ।

उसले यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ भन्दै संकटको यस घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत छैन भनेको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउने काममा श्रमिक कामदारहरूको भूमिका अझ बढी महत्वपूर्ण हुने र मुलुकलाई कठिन पर्दाका बखत सदैव अग्रभागमा रहेर तपाईहरूले विगतमा निर्वाह गर्नुभएको भूमिकाको महासंघ मुक्त कण्ठले प्रशंसा गर्दछ ।’

यस अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाधरूपमा मुलुकभर पुरयाउने कार्यमा सबै श्रमिक कामदारबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिँदै महासंघले सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न अपिल गरेको छ । साथै, अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउनस्थानीय प्रशासन र प्रहरी समक्षलाई महासंघले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement