कोरोनाले २ लाख अमेरिकी नागरिकको ज्यान जाने दावी

Advertisement

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख मानिसको मृत्यु हुने आंकलन गरिएको छ । अमेरिकाका चर्चित संक्रमण विज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एक देखि २ लाखसम्म नागरिकको मृत्यु हुन सक्ने दावी गरेको बीबीसीले लेखेको छ ।

अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले कोरोना भाइरस नियन्त्रण गर्न टास्क फ़ोर्स बनाएका थिए, एन्थोनी सोही फोर्सको सदस्य हुन् । डा. एन्थोनीले अमरीकामा जुन गतिले कोरोनाको संक्रमण बढीरहेको त्यसकै आधारमा २ लाखले ज्यान गुमाउन सक्ने जोखिम औल्याएका हुन् ।

फाउचीले सिएनएनसँग त्यस्तो दावी गरेका हुन । अमरीकामा कोरोना भाइरस संक्रमितको संख्या संसारकै सबै भन्दा धेरै भैसकेको छ । त्यहाँ एक लाख २५ हजार संक्रमित देखिएका छन् भने २ हजार ३ सय जनाको ज्यान गइसकेको छ । थुप्रै संक्रमणका घट्ना सूचिकृत नभएको पनि बताउन थालिएको छ ।

सेन्टर फोर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमरीकामा सन २०१० देखि हरेक वर्ष सिजनल फ्ल्युका कारण बर्सेनी १२ हजारदेखि ६१ हजार मानिसको मृत्यु भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement