हरेक प्रदेशलाई एक हजार पिपिई, १० हजार मास्क र २० हजार पञ्जा पठाईयो

Advertisement

काठमाडौं । नेपालमा हालसम्म ९७३ जनाको कोरोना परिक्षण गरिएको छ । तिमध्ये पाँच जनामा संक्रमण देखिएको थियो, त्यसमा पनि एक जना निको भएर घर गईसकेका छन् । बाँकी ४ जनालाई आइसोलेशनमा राखेर उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबार मात्रै ९६ वटा टेष्ट भएको छ । २१७ वटा नमुना प्रदेशबाट संकलन भएका छन् ।

हाल टेकुमा ४ र पाटनमा ३ जना आईसोलेशनमा छन् भने सात प्रदेशमा थप ९३ जना आईसोलेशनमा छन् ।
संक्रमित चारै जनाको कन्ट्रयाक टे«ेसिङ सकिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ । डा. देवकोटाका अनुसार मन्त्रालयले सञ्चालन गरेको १११५ र ११३३ नम्बरको कल सेन्टरमा ५८२ र ७२० कल आएका छन् र सबैको समाधान गरिसकिएको छ ।

सबै प्रदेशमा एक सय देखि ३ सय वटा पिपिई मौजुद अवस्थामा छन् । चीनबाट ल्याएका मध्ये हरेक प्रदेशमा एक हजार सेट पिपिई, १० हजार थान मास्क र २० हजार ग्लोभ्स(पञ्जा) पठाईसकिएको छ । धनगढी, सुर्खेत र बिराटनगरमा जहाजबाट पठाईएको छ भने अन्य प्रदेशमा गाडीमा पठाइएको छ ।

त्यस्तै, धरानमा सुरु गरिएको ल्याबमा १९ वटा भैसकेको छ भने ६ वटा परिक्षणको चरणमा रहेको छ । चीनबाट ल्याइएका पाँच वटा कोरोना परिक्षण मेसिन धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा विस्तार गरिँदैछ । केहि समयभित्रै पोखरा, दाङ र हेटौडामा पनि परिक्षणको व्यवस्था गरिँदैछ ।

Advertisement

Advertisement

Advertisement