मुक्तिनाथ बन्यो मोबाईल बैंकिङ लिडर, १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार

Advertisement

काठमाडौँ । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ लिडर बन्न सफल भएको घोषणा गरेको छ ।

फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ र क्युआर भुक्तानीलाई सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement