सरकार र केन्द्रीय बैंकले चालेको कदमलाई नेपाल उद्योग परिसंघले गर्यो स्वागत

Advertisement

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत परिरहेको अवस्थामा अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न नेपाल राष्ट्र बैंकले चालेका कदमलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

परिसंघले विज्ञप्ति प्रकाशित गरी राष्ट्र बैंकले चालेको कदमको स्वागत गरको हो । ‘मौद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाईराख्न सहयोग पुग्ने हामीले विश्वास लिएका छौं’– विज्ञप्तिमा उल्लेख छ । विभिन्न समयमा परिसंघले उठाउँदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रीय बैंकले मनन गरेको जनाएको छ ।

‘यस्तै नेपाल सरकारले वित्तीय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको छ । नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको हो । सरकारले गरिब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । यो सरकारले लिएको अत्यन्त सकारात्मक कदम हो’–विज्ञप्तिमा उल्लेख छ ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ । जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक रहेको परिसंघले जनाएको छ ।

‘हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको हो, यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन हामी सरकार लगायत सवै सरोकारवालासंग हार्दिक आग्रह गर्न चाहन्छौं’– विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement