चेम्बर अफ कमर्सले बिभिन्न जिल्लामा नगद र मास्क लगायतका सामग्री गर्यो हस्तान्तरण

Advertisement

काठमाडौँ । विभिन्न जिल्लामा चेम्बर अफ कमर्सले कोरोना भाइरसको उपचार र संक्रमणबाट बच्न नगद हस्तान्तरण तथा माक्स लगायत सामानहरु वितरण गरेको छ ।

यसैक्रममा लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

यता, स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार माक्र्स वितरण गरेको छ । यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपिई पनि वितरण गरेको हो ।

त्यसैगरी पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement