‘लकडाउन बढाउने योजना छैन’

Advertisement

नयाँ दिल्ली । भारतमा अहिले लागु भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो ।

सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ । सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको म्याद थप्ने आशङ्काको सोमबार खण्डन गरे ।

सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक चलेपछि सरकारको तर्फबाट सो हल्लाको खण्डन गरिएको हो । मन्त्री गौबाले भने, “सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ती सबै हल्ला गलत हुन्, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ ।” भारतमा लकडाउन लागु गरिएपछि मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना भइरहेको छ ।

भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो
भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ। भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो । भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए । रासस/ पीटीआई

Advertisement

Advertisement

Advertisement