कोरोना लागेर ठिक भएकाहरु भन्छन्- नआत्तिनुस, डाक्टरले भनेको मान्नुस्

Advertisement

काठमाडौं । ‘म त्यस्तो अभागीमध्येको एक हुँ जसलाई सबै भन्दा पहिले कोरोना संक्रमण भएको थियो, अहिले म विल्कुलै ठिक छु, १४ दिनसम्म उपचार चल्यो, अहिले म घर फर्किसकेको छु, अब सबैलाई भन्न चाहान्छु की कोरोनाको लक्षण देखिएमा नआत्तिनुस, डाक्टर कहाँ जानुस्, उसलाई भरोसा गर्नुस र सकारात्मक सोच्नुस’, यो भनाई हो भारतको उत्तर प्रदेशको आग्राका अमित कपुरको ।

जब उनी आफ्ना भाइसँग इटलीबाट २ मार्चमा भारत फर्किएर आफ्नो परिवारका सबै ११ सदस्यको कोरोना परिक्षण गरे । जसमा परिवारका ६ सदस्य संक्रमित रहेको पुष्टि भयो । जसमा ७३ वर्षिय उनका बुवा, ६२ वर्षिय आमा, ४४ वर्षिय भाई, ३७ वर्षिय भाउजु, १६ वर्षिय छोरा, ३८ वर्षिय उनी आफैं थिए । अमितका अनुसार परिक्षणमा संक्रमण देखिएपछि उनको पुरै परिवार आत्तिएको थियो ।

१५ दिनसम्म अस्पताल
ऋमित कपुरले बीबीसी हिन्दीसँग भने–‘त्यसपछि हामीलाई दिल्लीको सफदरगञ्ज अस्पतालमा स्थानान्तरण गरियो, सबै ६ जनालाई अलग अलग कोठामा राखिएको थियो, हामीलार्य एक अर्कासँग भेट्न अनुमति थिएन, त्यहाँ हाम्रो उपचार भयो, डाक्टरले नैतिक बल दिन्थे, सकारात्मक सोँच पनि बाढ्थे ।’

उनी अघि थप्छन–‘सुरुमा हामी साह्रै आत्तिएका थियौं, यो सब हामी माथी नै किन भयो ? अब के हुन्छ ? भन्ने लाग्थ्यो । जिउ चिलाउँदा पनि कोरोनाकै कारण जस्तो लाग्थ्यो, तर तीन चार दिनपछि हामी अभ्यस्त भयौं, र रिकभरी हुन थालियो, १५ दिन अस्पतालमा बसियो, दुई पटक परिक्षण गरियो, दुबैमा नेगेटिभ आयो, अहिले परिवारका सबै जना ठिक भैसकेका छौं र घर फर्किसकेका छौं ।’ अमितको परिवारसँगै भारतमा हालसम्म एक सय जना संक्रमित ठिक भएर घर फर्किसकेका छन् ।

१५ जनाको रिपोर्ट नेगेटिभ
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ठिक भएकाहरुमध्ये महाराष्ट्रका २५ जना, केरलाका १९ जना, हरियाणाका १७ जना, उत्तर प्रदेशका ११ जना, दिल्लीका ६ जना, कर्नाटकका ५ जना, तामिलनाडुका ४, राजस्थानका ३, लद्दाखका ३ जना उत्ताराखण्डका २ र गुजरात, तेलंगाना, पञ्जाव, जम्बु–कश्मिर र आन्ध्र प्रदेशका एक एक जना रहेका छन् ।
राजस्थानको ग्रामिण स्वास्थ्यका अतिरिक्र डाइरेक्टर रबि शर्माका अनुसार त्यहाँ १५ जना संक्रमित ठिक भैसकेका छन् ।

सकारात्मक सोँच र डाक्टरमाथिको भरोसा
राजधानी दिल्लीमा कोरोना भाइरसको सबै भन्दा पहिलो संक्रमित ४५ वर्षिय रोहित दत्ता थिए । उनी पनि अहिले ठिक भैसकेका छन् । बीबीसी हिन्दीसँगको कुरामा उनले आफु २९ फेब्रुअरीका दिन इटालीबाट फर्केपछि उनी सफदरगञ्ज अस्पतालमा भर्ना भएका थिए र १४ मार्चका दिन डिस्चार्ज भए ।

‘मलाई ज्यादै खोकी लागेको थियो, डाक्टरले ज्वरोलाई २ दिनमै नियन्त्रण गरिसकेका थिए, फेरी खोकी पनि विस्तारै ठिक हुन थाल्यो, कोरोना भएपछि केहि डर लागेको थियो, तर डाक्टरले मलाई मदत गरिरहेको थाहा थियो, दिल्लीमा म पहिलो संक्रमित थिएँ, त्यसकारण स्वास्थ्य मन्त्रालयको आँखा पनि माथी थियो ।’

दत्ताले अघि थपे–‘मलाई आफु निको भैरहेको अनुभव भैरहन्थ्यो, उपचारकै क्रममा डाक्टरको सबै कुरा मानेँ, उनीहरुमाथि भरोसा गरेँ, म मानिसहरुलाई भन्न चाहान्छु की सकारात्मक सोँच राख्नुस, किन की युद्ध त सोँचले लड्ने हो र आफ्ना डाक्टरहरु भरोसा गर्नुस् ।’

एक सयमध्ये ८० जना ठिक हुन्छन्
कोरोनासँग लडिरहेको इटालीका १४ पर्यटकलाई हरियाणाको गुरुग्राममा उपचार गरेर निको बनाएकी डाक्टर सुशिला कटारिया भन्छिन की मानिसहरु आत्तिनु आवश्यक छैन्, कसैलाई कोरोना भाइरस भयो भने नसम्झिनुसका की यो ज्यान जाने संक्रमण हो । उनका अनुसार हरेक एक सय जना संक्रमितमध्ये ८० प्रतिशत त आफैं ठिक हुन्छन्, बाँकी २० प्रतिशतलाई मात्रै अस्पतालको उपचार आवश्यक पर्छ ।

तिमध्ये पनि आधा संक्रमितलाई सामान्य वेडमै राखेर उपचार गर्दा ठिक हुन्छ । जम्मा १० प्रतिशत संक्रमितलाई मात्रै इन्टेन्सिभ केयर आवश्यक पर्छ । तिमध्ये पनि पाँच जनालई भेन्टिलेटरको आवश्यकता पर्न सक्छ । राम्रोसँग ख्याल गरिएन भने एक सयमा ३ प्रतिशतको ज्यान जान सक्छ ।-बीबीसी हिन्दीबाट अनुवाद गरिएको

Advertisement

Advertisement

Advertisement