२०७७ सालमा सार्वजनिक बिदा कति दिन ? (नेपाल राजपत्रमा प्रकाशित सूचीसहित)

Advertisement

काठमाडौँ । २०७७ सालमा हुने सार्वजनिक बिदाहरुको सूची सार्वजनिक भएको छ । गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

गृहले शनिबार ५२ दिन, दिवस बिदा ४ दिन, जन्मजयन्ती बिदा ३ दिन, राष्ट्रियस्तरका तर कार्यालय खुल्ने बिदा २ दिन, महिला कर्मचारीहरुका लागि मात्र बिदा २ दिन, शिक्षण संस्थाहरुको लागि मात्र बिदा १ दिन, जात्रा विशेष काठमाडौँ उपत्यकाका लागि मात्र बिदा ४ दिन, दशैं बिदा ५ दिन, तिहार बिदा ३ दिन, धर्म विशेष बिदा १२ दिन र पर्व बिदा ३ दिन जस्ता सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

२०७७ सालको दशैंको टीका कात्तिक १० गते र तिहारको भाईटीका भने मंसिर १ गते परेको छ । त्यसकारण दशैंको बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन र तिहार पर्वको बिदा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म ३ दिन पाइने भएको हो ।

गृहले प्रकाशित गरेको सूची अनुसार नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ । महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते), फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ ।

काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ भनृ हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइने उल्लेख छ ।

उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएको छ ।

जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ । वसन्त पञ्चमीमा फापुन ४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तराष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइने जनाइएको छ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ । गणतन्त्र दिवस (जेठ १५ गते), जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।

गृहले राजपत्रमा प्रकाशित गरे अनुसार कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ ।












Advertisement

Advertisement

Advertisement